दुर्गा प्रसाईंको आन्दोलन : ३ दिनसम्म प्रदर्शन, २० वटा पार्टी प्यालेसमा खाना र बास

नेपालभ्युज

दुर्गा प्रसाईंको आन्दोलन : ३ दिनसम्म प्रदर्शन, २० वटा पार्टी प्यालेसमा खाना र बास

काठमाडौं। मंसिर ७ गते काठमाडौंकेन्द्रित प्रदर्शन गर्न लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम तीन दिन चल्ने बताइएको छ ।

७ गते विभिन्न क्षेत्रबाट समर्थक आउने र त्यस दिन सामान्य कार्यक्रम गर्ने प्रसाईंको तयारी छ। त्यसपछि प्रदर्शनकारीलाई काठमाडौंमै तीन दिनसम्म राखेर आन्दोलनलाई निरन्तरता दिने योजना छ।

अध्यक्ष मण्डलका सदस्य तथा सङ्गठन एवं कार्यक्रम प्रमुख हरि कार्कीले अभियान तीन दिने भएको बताए । उनले भने ‘९ गतेसम्म अभियान चल्न सक्छ, पहिलो दिन ७ गते उद्घाटन गरेर ८ र ९ गते निरन्तरता दिनुपर्ने हुन सक्छ। ’

प्रसाईंको सचिवालयका अनुसार, देशका विभिन्न भागबाट प्रदर्शनकारी ल्याउन बस, गाडी, जिप, भ्यान तयारी अवस्थामा राखिएको छ ।

काठमाडौं आउने मानिसलाई २० वटा पार्टी प्यालेसमा बस्ने, खाने व्यवस्था मिलाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved