दुर्गा प्रसाईँको आन्दोलन बल्खुमा, युवा संघसँग झडपको सम्भावना घट्यो

नेपालभ्युज

दुर्गा प्रसाईँको आन्दोलन बल्खुमा, युवा संघसँग झडपको सम्भावना घट्यो

काठमाडौं । राजतन्त्र र हिन्दू राज्यको पक्षमा व्यवसायी दुर्गा प्रसाईंको समूहले गर्ने भनेको आन्दोलनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु तोकिदिएको छ ।

प्रसाईं समूहसँगको छलफलपछि प्रशासनले बल्खुमा प्रदर्शनका लागि अनुमति दिएको हो ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का नाममा प्रसाईले बिहीबार माइतीघरमा प्रदर्शन गर्न लागेका थिए ।

एमालेनिकट युवासंघले पनि सोही मिति र स्थानमा प्रदर्शन गर्न लागेपछि प्रशासनले सुरक्षा चुनौतीका कारण देखाउँदै माइतीघरमा प्रदर्शनका लागि निषेध गरेको छ ।

युवा संघले भने तिनकुनेमा प्रदर्शन गर्ने जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved