काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०-०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताएका छन् । सोमबार काँग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा लगानी बिस्तारै बढ्दै गइरहेको बताए । नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने उनको दाबी छ । उनले विदेशी पर्यटकहरूको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधिहरू बिस्तारै बढ्दै जाने बताए । अर्थतन्त्रका सूचकहरू सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने उनको भनाई छ ।
‘मलाई लाग्छ, अहिलेसम्मकै सबैभन्दा ज्यादा नेपालमा वैदेशिक पर्यटक भित्रिँदै छन्, त्यसले अर्थतन्त्र चलायमान बन्न मद्दत पुग्छ,’ उनले भने, ‘सरकारी खर्च व्यवस्थित गरिरहेका छौँ, अर्थतन्त्र सुधारको पक्षमा छ ।’
अर्थमन्त्री महतले अर्थतन्त्र थप चलायमान बनाउन विज्ञहरूसँग थप सुझाव सल्लाह लिएर अघि बढ्ने बताए ।
Facebook Comment
Comment