एजेन्सी । मौसममा भएको परिवर्तनसँगै कतिपयलाई शरीर चिलाउने समस्या हुन्छ । चिसो लागेसँगै सम्पूर्ण शरीर चिलाउन थाल्छ । आज हामी यसरी शरीर किन चिलाउँछ र यसबाट कसरी बच्न सकिन्छ भन्नेबारे बताउनेछौं ।
छाला जुन सेलहरु मिलेर बनेको हुन्छ त्यसमा प्राकृतिक चिल्लोपन हुन्छ । छालामा हुने तेलले चिल्लो बनाउने काम गर्छ । जाडो समयमा चिसो तथा रुखो हावाको कारणले छालाको पत्रलाई नोक्सान पुर्याउँछ । यस्तोमा छालाभित्र साना साना चिरा पर्छ जसले चिलाउन थाल्छ ।
जाडोमा शरीर चिलाउने समस्याबाट बच्नका लागि तपाईं बेसारको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि एन्टीअक्सीडेन्ट्सले भरिपूर बेसारलाई तेलमा मिसाएर पेस्ट तयार गर्नुहोस् । अब यस पेस्टलाई चिलाएको ठाउँमा लगाउनुहोस् र केहीबेरपछि धुनुहोस् । वा यस पेस्टलाई तपाईं नुहाउनु अघि सम्पूर्ण शरीरमा लगाएर केहीबेरपछि धुन पनि सक्नुहुन्छ ।
त्यस्तै एलोवेरा पनि छालाको समस्याका लागि एकदमै राम्रो उपाय हो । यस्तोमा तपाईं चिलाएको ठाउँमा एलोवेरा लगाएर राहत महसुस गर्न सक्नुहुन्छ । यसलाई चिलाएको ठाउँमा केहीबेर लगाएर धुन पनि सकिन्छ ।
जाडो मौसममा शरीर चिलाउने समस्याका लागि नरिवलको तेल पनि एकदमै राम्रो विकल्प हो । तपाईं नुहाएपछि पनि सम्पूर्ण शरीरमा तेलले मालिस गर्न सक्नुहुन्छ । कम्तीमा हप्तामा दुईपटक नरिवलको तेल शरीरमा लगाएर मसाज गर्नुहोस् । यसले एकदमै फाइदा पुर्याउने ।
Facebook Comment
Comment