अष्ट्रेलियालाई छैठौं पटक विश्वकप उपाधि, फाइनलमा भारत ७ विकेटले पराजित

अहमदावादको नरेन्द्र मोदी स्टेडियममा २४१ रनको सामान्य लक्ष्य कंगारु टोलीले ४२ बल बाँकी छँदै ४ विकेट गुमाएर पुरा गरेको थियो । अष्ट्रेलियालाई छैठौं पटक एकदिवसीय विश्वकपको उपाधि जिताउन ट्रैविस हेडले उत्कृष्ट ब्याटिङ गरे । उनले १२० बलमा १३७ रन बनाए ।

नेपालभ्युज

अष्ट्रेलियालाई छैठौं पटक विश्वकप उपाधि, फाइनलमा भारत ७ विकेटले पराजित

काडमाडौं । भारतलाई हराउँदै अष्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतलाई उसैको घरेलु मैदानमा ६ विकेटले हराउँदै अष्ट्रेलियाले छैठौं पटक विश्वकपको ट्रफी उचालेको हो ।

लगातार १० खेल जितेर फाइनलमा पुगेको भारत उपाधि भिडन्तमा भने चुकेको छ । भारतले १२ वर्षयता एकदिवसीय विश्वकपको उपाधि जित्न सकेको छैन ।

अहमदावादको नरेन्द्र मोदी स्टेडियममा २४१ रनको सामान्य लक्ष्य कंगारु टोलीले ४२ बल बाँकी छँदै ४ विकेट गुमाएर पुरा गरेको थियो ।

अष्ट्रेलियालाई छैठौं पटक एकदिवसीय विश्वकपको उपाधि जिताउन ट्रैविस हेडले उत्कृष्ट ब्याटिङ गरे । उनले १२० बलमा १३७ रन बनाएपछि भारतीय आकांक्षामा तुषारापात भएको थियो । हेडले १५ चौका र ४ छक्का प्रहार गरेका थिए ।

८१ रनमा ३ विकेट गुमाएर दबाबमा आएको टिमलाई हेडले मार्नस लाबुशेनसँग मिलेर जितसम्म पुर्‍याएका थिए । लाबुशेनले अविजित ५८ रन बनाए ।

भारतका जसपृत  बुमराहले २ र मोहम्मद शामीले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारत अन्तिम बलमा अलआउट हुँदै २४० रनमा सीमित भएको थियो । केएल राहुल र विराट कोहलीले अर्धशतक बनाए ।

अष्ट्रेलियाका मिचेल स्टार्सले ३ तथा प्याट कोमिन्स र जोस हेजलउडले २-२ विकेट लिएका थिए ।

यो विश्वकपमा भारतका विराट कोहलीले सर्वाधिक ७६५ रन बनाए भने भारतकै मोहम्मद शामीले सर्वाधिक २४ विकेट लिए ।

यो पनि पढ्नुहोस :

फ्रि प्यालेस्टाइन’ टि सर्ट लगाएर विश्वकपको मैदानमा विराटलाई अंगालो हाल्ने युवक को हुन् ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved