‘फ्रि प्यालेस्टाइन’ टि सर्ट लगाएर विश्वकपको मैदानमा विराटलाई अंगालो हाल्ने युवक को हुन् ?

नेपालभ्युज

‘फ्रि प्यालेस्टाइन’ टि सर्ट लगाएर विश्वकपको मैदानमा विराटलाई अंगालो हाल्ने युवक को हुन् ?

काठमाडौं । विश्वकप क्रिकेटको फाइनल चलिरहेका बेला ‘फ्रि प्यालेस्टाइन’ स्टप बमिङ प्यालेस्टाइन’ लेखेको टि सर्ट लगाएर मैदानमा घुसेका एक दर्शकलाई भारतीय प्रहरीले थुनामा पठाएको छ ।

भारतले ब्याटिङ गरिरहेका बेला यी युवक दौडिएर क्रिजसम्मै पुगेका थिए । उनले ब्याटिङ गरिरहेका विराट कोहलीसँग अंगालो मार्नसम्म भ्याएका थिए ।

उनले पछाडी ‘फ्रि प्यालेस्टाइन’ अगाडी ‘स्टप बमिङ प्यालेस्टाइन’ लेखेको टि सर्ट लगाएका थिए । मुखमा प्यालेस्टाइनको झण्डा भएको मास्क लगाएका थिए ।

पक्राउ परेका युवकले आफ्नो नाम जोन र अष्ट्रेलियन नागरिक भएको बताएका छन् । उनले आफू विराट कोहलीको प्यान भएको समेत बताएका छन् । उनी अष्ट्रेलियाबाट एकदिवसीय क्रिकेटको फाइनल हेर्न भारत आएको समेत बताएका छन् ।

मैदानमा दौडिएका उनलाई प्रहरीले केहीबेरमा पक्राउ गरेको थियो । ति युवकका कारण अष्ट्रेलिया र भारतको फाइनल केहीबरे अवरुद्ध भएको थियो । उनलाई अहमदावादको चन्डखेडा प्रहरी चौकीमा राखेर थप छानबिन भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यो पनि पढ्नुहोस :

अष्ट्रेलियालाई छैठौं पटक विश्वकप क्रिकेटको उपाधि, फाइनलमा भारत ७ विकेटले पराजित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved