काठमाडौं। अन्तर्राष्ट्रिय टी-२० महिला क्रिकेटमा नेपाल तेस्रो भएको छ।
हङकङ क्रिकेट क्लबमा आईतबार भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गरेको हो। ११६ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको जापानले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा मात्र ७० रन बनाएको हो।
जापानको लागि लागि अकारी निशिमुराले २९ र हिनासे गोतोले १६ रन बनाए। नेपालको लागि खुसी डंगोल, सोनी पाख्रीन, इन्दु बर्मा, सीता राना मगर र संगीता राईले १-१ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा ११५ रन बनायो।
नेपालको लागि पुजा महत्तोले ४३ र रोमा थापाले २२ रन बनाए। पुजाले ५१ बलमा ३ चौका प्रहार गरिन्। काजल श्रेष्ठ ३ र अस्मिना कर्मचार्य २ रनमा अविजित रहिन्।
रुबिना क्षेत्रीले २१, कप्तान इन्दु बर्माले २१ र सीता राना मगरले ५ रन बनाइन्।
जापानको लागि एरिका टोगुची क्विन, अहिल्या चन्देल र अयुमी फुजिकावाले १-१ विकेट लिए।
प्रतियोगितामा नेपाल तान्जानियासँग २७ रनले र हङकङसँग ९ विकेटले पराजित भएको थियो। शनिबार भएको खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो।
Facebook Comment
Comment