जेनिन आक्रमणमा ५ जना प्यालेस्टिनी मारिए

नेपालभ्युज

जेनिन आक्रमणमा ५ जना प्यालेस्टिनी मारिए
Photo: Reuters

तेल अविव । इजरायलको रक्षा बलले शुक्रबार बिहान जेनिनमा रातभर जारी आक्रमणमा पाँच प्यालेस्टिनी मारिएको बताएको छ ।

सेनाका अनुसार उनीहरू भाग्दै स्थानीय अस्पताल पुगेका थिए र त्यहाँ लुक्न खोज्दा पक्राउ परेका थिए । छापा मार्ने क्रममा प्यालेस्टाइनीहरूले सेना माथि विस्फोटक पदार्थ प्रहार गरेका थिए भने, इजरायली सेनाले गोली प्रहार गरेको थियो ।

छापा मार्ने क्रममा जुडिया र सामरिया वरिपरि कुल २१ प्यालेस्टाइनी पक्राउ परेका थिए जसमध्ये छ जना हमाससँग सम्बन्धित थिए । गत अक्टोबर ७ देखि, एक हजार ७५० भन्दाबढी वान्टेड प्यालेस्टाइनीहरूलाई जुडिया र सामरिया क्षेत्रमा पक्राउ गरिएको छ जसमध्ये एक हजार ५० जना हमाससँग सम्बन्धित छन् । हमासले आक्रमणको जिम्मेवारी लिएको छ । एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved