ग्लोइंग छाला पाउनका लागि महिलाले खानुपर्ने पाँच खाना

नेपालभ्युज

ग्लोइंग छाला पाउनका लागि महिलाले खानुपर्ने पाँच खाना

गाजर
जाडो शुरु भएसँगै बजारमा वा करेसाबारीमा गाजर फल्न थाल्छ । गाजर तपाईं स्वास्थ्यसँगै छालाका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यसमा एन्टीअक्सीडेन्ट तत्व पाइन्छ जसले शरीरलाई डिटक्स गर्ने गर्दछ ।
चुकन्दर
चुकन्दरमा कैयौं पोषक तत्वहरु पाइन्छ । यसमा एन्टीअक्सीडेन्ट, एन्टीब्याक्टेरियल गुण पाइन्छ, जसले शरीरलाई डिटक्स गर्ने काम गर्छ । जसले गर्दा छालामा चमक आउने गर्छ ।
मेवा
ग्लोइंग छाला पाउनका लागि काँचो तथा पाकेको मेवा पनि फाइदाजनक हुन्छ । मेवामा पेपैन नामक तत्व हुन्छ जो छालाका लागि राम्रो हुन्छ । यसले अनुहारको दागधब्बाहरु पनि सफा हुन्छ ।
केरा
केरा हरेक मौसममा पाइने सुपरफुड हो । यसमा भिटामिन ए, बी र ई हुन्छन्, जो तपाईंको छालाका लागि फाइदाजनक हुन्छन् । यसमा एन्टीएजिंग तत्व पनि पाइन्छ ।
अनार
यदी दैनिक रुपमा अनारको जुस पिउने हो भने रगत प्यूरिफाई हुन्छ । यसले तपाईंको अनुहारमा पनि चमक आउन थाल्छ । अनारको जुस नियमित पिउने गरेमा छाला बेदाग हुँदै जान्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved