मुस्ताङ घुम्न जाने क्रममा दुर्घटना, जर्मन नागरिकको मृत्यु 

नेपालभ्युज

मुस्ताङ घुम्न जाने क्रममा दुर्घटना, जर्मन नागरिकको मृत्यु 
सांकेतिक तस्वीर।

काठमाडौं। मुस्ताङ घुम्न जाने क्रममा म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना जर्मन नागरिकको मृत्यु भएको छ। बिहीबार साँझ अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभीरमा मोटरसाइकल दुर्घटनामा परी जर्मन नागरिकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन कुँवरले एच पी ६६ ए ३०५९ विदेशी नम्बर प्लेटको मोटरसाइकल ढुङ्गामा ठोक्किएको थियो।

ब्रिमरसहित १५ जना विदेशीको टोली मोटरसाइकल राइडमा आएका थिए। ११ जना जर्मन र ४ जना स्पेनका नागरिक हुन्। मुस्ताङ घुम्न जाने क्रममा दुर्घटना भएको हो । मृतक ब्रिमरको शव बेनी अस्पतालमा राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved