थबाङबाट प्रचण्डको उद्घोष- माओवादी ध्रुवीकरण हुन्छ

'थबाङबाट सधैँ ऊर्जा लिएर फर्कन्छु'

प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी ध्रुवीकरण हुने बताएका छन् । शुक्रबार रोल्पाको थबाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन उनले यस्तो बताएका हुन् ।

नेपालभ्युज

थबाङबाट प्रचण्डको उद्घोष- माओवादी ध्रुवीकरण हुन्छ

रोल्पा । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी ध्रुवीकरण हुने बताएका छन् । शुक्रबार रोल्पाको थबाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन उनले यस्तो बताएका हुन् ।

“शान्ति प्रक्रियापछि माओवादीहरू विभाजित अहिले आलोचना भइहेको छ । तर, अब माओवादी ध्रुवीकरण पनि हुन्छ,” प्रचण्डले भने, “विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ । हामी छिट्टै एकताबद्ध हुन्छौँ । अरु कमरेडहरू पनि नजिकै हुनुहुन्छ । र, त्यसपछि समाजवादको आधार तयार पार्ने काम सुरू हुन्छ ।”

उनले आफू झन्डै ६ वर्षपछि थबाङ आएको र हर्ष लागेको सुनाए । “म ४० वर्षअघि पहिलोपटक थबाङ आएको थिएँ । जनयुद्धको तयारी, उठान र सञ्चालन यहीँ आधार बनाएर गरिएको थियो । यो ठाउँ विचार र क्रान्तिको प्रतीक हो । यसले विचार दियो, गुणात्मक परिवर्तन दियो । एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ । यहाँ आएर फर्किंदा म जहिले पनि ऊर्जा लिएर फर्किन्छु,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved