रास्वपाले माग्यो भूकम्पपछि पुनर्निर्माणको ठेक्का, सरकारले कामै नगरेको आरोप

भूकम्पपछिको उद्दार तथा राहतमा सरकारले गरेका कामप्रति सन्तुष्ट हुन नसकेको भन्दै रास्वपाले ठेक्का मागेको हो ।

नेपालभ्युज

रास्वपाले माग्यो भूकम्पपछि पुनर्निर्माणको ठेक्का, सरकारले कामै नगरेको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारसँग ‘ठेक्का मागेको’ छ ।

रास्वपा महामन्त्री मुकुल ढकालले एक विज्ञप्ती जारी गर्दै भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारसँग ठेक्का माग गरेका हुन् ।

भूकम्पपछिको उद्दार तथा राहतमा सरकारले गरेका कामप्रति सन्तुष्ट हुन नसकेको भन्दै रास्वपाले ठेक्का मागेको हो ।

आफ्नो पार्टीसँग भूकम्पपछिको पुनर्निर्माणमा काम गर्ने विज्ञहरु भएको दाबी गर्दै रास्वपाले ठेक्का मागेको हो ।

‘भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण तथा प्रारम्भिक पुनःस्थपनाको चरणसम्म आइपुग्दा सरकारको कार्यशैली र कार्यप्रति रास्वपा कत्ति पनि सन्तुष्ट छैन’, विज्ञप्तिमा भनिएको छ, ‘देशको चौथो ठूलो राजनीतिक दल एवम् जनताको नवीन आशाको केन्द्रबिन्दुमा रहेको नाताले भूकम्पपछिको पुनःस्थापना एवम् पुनर्निर्माणको नेतृत्व रास्वपालाई दिन सरकारसमक्ष अपिल गर्दछ ।’

यसरी एउटा राजनीतिक दलले पुनर्निर्माणको ठेक्का माग्नुलाई धेरैले ‘गैरराजनीतिक र स्टन्टबाज’ भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved