पोखरामा सभा गर्दै राप्रपा नेपाल

नेपालभ्युज

पोखरामा सभा गर्दै राप्रपा नेपाल

कास्की । आज राप्रपा नेपालको पोखरामा सभाको आयोजना गर्दैछ । राप्रपा नेपाल, कास्कीले पोखराको चाउथे चोकमा सभा आयोजना गरेको हो । सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गर्नेछन् । त्यसका लागि उनी बिहीबार नै पोखरा पुगिसकेका छन् ।

राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडककेन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभूमि निर्माण गर्न जिल्ला केन्द्रित भएको महामन्त्री राजाराम बर्तौलाले बताए ।

२०६२/६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दू अधिराज्य र संघीयता खारेज गर्दै सुदृढ स्थानीय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ ।

सभालाई अध्यक्ष थापासहित उपाध्यक्ष तारानाथ लुइँटेल ,महामन्त्रीद्वय राजाराम बर्तौला र कृष्ण कार्कीलगायतका नेताहरूले सम्बोधन गर्नेछन् भने पार्टी प्रवेशको कार्यक्रमसमेत रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved