देश विकासमा श्री पाँचको सरकारले पनि सहयोग गर्नुपर्छ : पूर्वप्रधानमन्त्री चन्द

नेपालभ्युज

देश विकासमा श्री पाँचको सरकारले पनि सहयोग गर्नुपर्छ : पूर्वप्रधानमन्त्री चन्द

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले देश विकास सरकार एक्लैले गर्न नसक्ने बताएका छन् । बिहीवार प्रतिमान नीमा स्मृति प्रतिष्ठानको २० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश विकासमा श्री पाँचको सरकारले पनि सहयोग गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले देश विकासका लागि जनताले पनि सहयोग गर्नुपर्ने बताए । उनले राजनीतिमा मुख्य कुरा भाषण भएको बताउँदै नेपालका प्रधानमन्त्रीहरुको भाषणबाट सबै प्रभावित हुने गरेको उल्लेख गरे । उनले भाषण कला एउटा राजनीतिक हतियार भएको बताए ।

‘राजनीतिमा मुख्य कुरा भाषण हो । हाम्रा प्रधानमन्त्रीहरुको भाषणबाट सबै प्रभावित हुन्छन् । यो हतियार नै हो । तर त्यो हतियार पनि नभएको बेलामा पनि उहाँले लड्नुभयो र सफलता प्राप्त गर्नुभयो ‘ उनले भने, ‘जो पनि हामी सरकारमा हुन्छौँ, हामी भन्छौँ, देश विकास सरकारकै हातबाट हुँदैन । यसमा जनताले पनि सक्रिय भएर सहयोग गर्नुपर्छ । मैले जनपक्षबाट यो विधि कम भएको देखेको छु । यसमा श्री पाँचको सरकारले पनि सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ ।’

पूर्वप्रधानमन्त्री चन्दले जनताले सक्रिय भइ देश विकासका लागि काम गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved