१७ वटा स्वघोषित उपाधिबाट आफैँलाई सम्मान, को हुन् यी रोचक मान्छे ?

संगीत मणिरत्न र दुर्लभ महामानवलगायतका अचम्मका उपाधि

‘देशभक्त कुँवर’नाम गरेका ती व्यक्तिले केही समयअघि १२ वटा उपाधिको स्वघोषणा गरेका थिए । केही दिनअघि पाँचवटा उपाधि पाए । रोचक त यो छ की, ती उपाधि दिने संस्था उनी आफैँ आवद्ध हो ।

नेपालभ्युज

१७ वटा स्वघोषित उपाधिबाट आफैँलाई सम्मान, को हुन् यी रोचक मान्छे ?

पोखरा । केही मान्छेको रहर पनि यस्ता हुन्छ कि जुन रहर पुरा गरेको देख्दा सारा मानिस चकित पर्नेगर्छन् । यस्तै घटना पोखरामा पनि भएको छ । पोखराको साहित्यलाई नै अनौठोसँग व्यङ्ग्य गर्दै एकजना व्यक्तिले उपाधि माथि उपाधि स्वघोषणा गर्दै थापेका छन् ।

‘देशभक्त कुँवर’नाम गरेका ती व्यक्तिले केही समयअघि १२ वटा उपाधिको स्वघोषणा गरेका थिए । केही दिनअघि पाँचवटा उपाधि पाए । रोचक त यो छ की, ती उपाधि दिने संस्था उनी आफैँ आवद्ध हो ।

ती, हरेक संस्थाले उनलाई नगद ५० हजार, सम्मानपत्रले सम्मान गरे । त्यसको लागि नगद रकम र प्रमाण पत्र देशभक्त कुँवर आफैँले बन्दोबस्त गरिदिएका थिए ।

साहित्य सम्राट्, वाङ्मय सम्राट्, शब्द सम्राट्, सिर्जना सम्राट्, लेखक सम्राट्, रचना सम्राट्, महासाहित्यकार, बहुआयामिक व्यक्तित्व, संगीत मणिरत्न, दिव्य गायक, युग सञ्चारमणि र दुर्लभ महामानव उपाधि उनले स्वघोषणा गरेर सम्मान लिएको आरोप उनीमाथि छ ।

उनले आफूले आफैँलाई दिएको यो सम्मानको नाम सुन्दा त झनै चकित पर्ने खालका छन् । उनको उपाधि सुन्दा ती व्यक्ति महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्रकवि माधवप्रसाद घिमिरे, स्वरसम्राट नारायण गोपालभन्दा कैयौँ गुणा ठुला हुन् भन्ने लाग्न सक्छ । तर उनी न कुनै सर्जक, हुन् न त कुनै स्रष्टा नै । साधारण पढेलेखेका उनी सामान्य पेशा व्यवसाय गरेर बसेका छन् ।

यो घटनापछि पोखराका एक साहित्यकार भन्छन्, ‘‘पुरस्कारको राशि आफैँ प्रायोजन गर्ने र सम्मान गर्न लगाइएको हो । साहित्यको नाम दिएर भएको भयो कार्यक्रमले पोखराको साहित्यमै एक खालको कालो पोतिएको छ । उपाधिको स्वघोषणा गर्ने र प्रायोजित पुरस्कार लिने अनौठो चलनको विकासले कला साहित्य क्षेत्रलाई एकदमै हल्का ढंगमा लिएर अरू साहित्यकारको अपमान भयो ।’’

तत्कालीन समयमा सम्मान गर्ने संस्थाहरूमा इन्याल्क नेपाल (अंग्रेजी प्रौढ साक्षरता अभियान), इन्याल्क नेपाल काठमाडौँ र पोखरा शाखा, उन्नतिशील वाङ्मय प्रतिष्ठान, बैदाम वाङ्मय प्रतिष्ठान छन् ।

रूपाङ्कन साहित्य परिवार, श्रीवृद्धि साहित्य परिवार, श्री ऐतिहासिक कुँवर तथा राणा सांस्कृतिक समाज, सनलाइट मिडिया टे«निङ सेन्टर, कारवी फाइनान्स एजेन्सी काठमाडौँ, काभिन ग्राफिक्स डिजाइनिङ एन्ड सोलुसन र माछापुच्छ्रे नृत्य प्रशिक्षण तथा सांस्कृतिक परिवार थिए ।

त्यसअघि चितवनमा उनी साहित्यिक राष्ट्रनायक उपाधिबाट सम्मानित भएका थिए । गत बुधबार उनले एकै दिन ३ वटा उपाधिमा सम्मान पाए ।

काव्य सम्राट्, कविता सम्राट् र कवि सम्राट् उपाधिबाट उनी सम्मानित भएका हुन् । उनले सोही दिन सोलुसन साहित्य पुरस्कार, कुँवर वीरखलक पुरस्कार र माछापुच्छ्रे सांस्कृतिक पुरस्कार पनि पाए ।

शिक्षाविद् जोर्ज जोन, प्राडा बुद्धिबहादुर थापा र गायिका बाबा राणाले उनलाई एकैपटक सम्मान गरे । तीनैवटा सम्मानको राशि ३ लाख छ ।

गतवर्ष भदौ उनले ३१ गते भावना सम्राट् पुरस्कार पाएका थिए । यति धेरै उपाधिबाट सम्मानित व्यक्तिको सम्मानमा भने मुस्किलले १२–१५ जना मात्र दर्शकहरू थिए ।

सम्मान कार्यक्रममा देशभक्त कुँवरले सयौँ गीतमा आवाज भरिसकेको दाबी गरेका थिए । दर्जनौँ चर्चित गीतमा मोडलिङ समेत गरेको बताएका थिए ।

पन्ध्रौँ कृति कविता सङ्ग्रह बजारमा ल्याएको दाबी गरेका थिए । यसरी दाबी गर्ने उनले आफ्नो स्वरको कुनै गीत, मोडलिङ गरेको भिडिओ र कविता कृति देखाउन सकेका छैनन् ।

कतिपयले भने उनले ठगी गर्ने मनसाय वा विदेश जानको लागी भिषा लगाउन डकुमेन्टेसनको लागि यस्तो गरेको हुनसक्ने आंकलन गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved