५.८ म्याग्निच्युडको भुकम्पले जाजरकोटमा सडक अवरूद्ध, एक घाइते

नेपालभ्युज

५.८ म्याग्निच्युडको भुकम्पले जाजरकोटमा  सडक अवरूद्ध, एक घाइते

काठमाडौं । सोमबार अपराह्न ४:३१ बजे गएको ५.८ म्याग्निच्युटको भुकम्पले जाजरकोटमा सडक अवरूद्ध भएको छ।

दोस्रोपटक गएको भूकम्पका कारण पहिरो खसेपछि जाजरकोट-डोल्पा मार्गको रिम्ना नजिक सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कार्यालय सञ्चार शाखाका अनुसार हाल सडक खुलाउने प्रयास भइरहेको छ ।

सोही भुकम्पमा एक जना घाइते भएका छन् । भूकम्प आएपछि घरबाट हाम फाल्दा भेरी नगरपालिका-१ रावत गाउँमा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकी रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved