काठमाडौं। मोबाइल चोरीको अभियोगमा पक्राउ परेका एक युवा २ हजार तिर्न नसकेर जेल परेका छन्।
जिल्ला अदालत कास्कीले अन्नपूर्ण गाउँपालिका ७ का २३ वर्षीय दीपेश श्रेष्ठलाई मोबाइल चोरीको अभियोगमा २२ दिन कैदसहित दुई हजार जरिवाना र बिगो एक हजार ७ सय २० रुपैयाँ तथा पीडित राहत कोष २ सय बुझाउनुपर्ने फैसला गरेको हो ।
दीपेशले गत असोज २५ गते पोखरा महानगरपालिका वडा नम्बर ९, नयाँबजारको एक पसलबाट एक मोवाइल चोरी गरेका थिए । हाल नयाँबजार बस्ने दीपेशलाई मोवाइलसहित सोही दिन नै जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ परेका थिए ।
असोज २५ गते पक्राउ परेका उनी प्रहरी हिरासतमा अनुसन्धानको शिलसिलामा रहँदाको अवधिले शुक्रबार २२ दिन जेल सजाय कट्टा भएको थियो । तर, अदालतले गरेको जरिवाना बुझाउन नसकेपछि दीपेश शुक्रबार जेल चलान भएका हुन् ।
२ हजार जरिवाना भएकोमा दिनको ३ सयका दरले कट्टा हुने गरी ७ दिन उनी कारागार बस्ने प्रहरीले जनाएको छ ।
Facebook Comment
Comment