काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा भारतसँग दक्षिण अफ्रिकाले लज्जास्पद हार व्होरेको छ ।
घरेलु मैदानमा जारी विश्वकपमा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनको विशाल अन्तरले हराएको हो । ३ सय २७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७.१ ओभरमा ८३ रन बनाउँदै अलाउट भयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय २६ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले १ सय १ रन बनाए । यस्तै ओपनर शुभमन गिलले २३ रन, रवीन्द्र जडेजाले २९ तथा सूर्यकुमार यादवले २२ रन जोडे ।
दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को जानसेन, कागिसो रबाडा, केशव महाराज र तब्राइज शाम्सीले १/१ विकेट लिए । दक्षिण अफ्रिकाका मार्को जानसेनले १४ रन, रासी भान डेर डुसेनले १३ रन बनाए भने कप्तान टेम्बा बाभुमा र डेभिड मिलरले ११/११ रनको योगदान गरे ।
Facebook Comment
Comment