भूकम्प पीडितलाई एक महिनाको तलब दिँदै सांसद पौडेल

नेपालभ्युज

भूकम्प पीडितलाई एक महिनाको तलब दिँदै सांसद पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले जाजरकोट भूकम्पका पीडितलाई राहत र पुनः स्थापनका लागि सरकारको कोषमा आफ्ना तर्फबाट एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

सांसद पौडेलले आज विज्ञप्ति प्रकाशन गरी भूकम्पले पुर्‍याएको विपत्तिमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सङ्घीय सांसदका रूपमा प्राप्त एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गरेका हुन् ।

उनले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved