इजरायल घटना : आनन्द साहको शव धनुषा पुर्‍याइयो, राति नै दाहसंस्कार गर्ने तयारी

नेपालभ्युज

इजरायल घटना :  आनन्द साहको शव धनुषा  पुर्‍याइयो, राति नै दाहसंस्कार गर्ने तयारी
फाइल फोटो

काठमाडौं । गत ७ अक्टोबरमा  हमासको आक्रमणमा परी मृत्यु भएका धनुषाका आनन्द साहको शव घर ल्याइएको छ ।

नेपाली सेनाले आफ्नो विशेष विमानबाट शनिबार अपराह्न साढे ५ बजे जनकपुरधाम विमानस्थलमा साहको शव अवतरण गराएको थियो ।

विमानस्थलबाट सेनाकै टोलीले स्कर्टिङ गरेर आनन्दको शवलाई धनुषा लक्ष्मीनियाँ–४ स्थित सपहीमा रहेको उनको घरमा पुर्‍याएको थियो ।

शनिबार राति नै आनन्दको दाहसंस्कार गर्ने तयारी गरिएको उनको परिवारले बताएका छन् । टिकापुर मल्टिपल क्याम्पसमा एग्रिकल्चरमा बीएससी पढेका उनी गत भदौमा इजरायल पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved