रिगलको कैद मिनाहा बदरको फैसलालाई रवि लामिछानेले गरे स्वागत

नेपालभ्युज

रिगलको कैद मिनाहा बदरको फैसलालाई रवि लामिछानेले गरे स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिगल भनिने योगराज ढकाललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले योगराज ढकाल रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका हुन् । उनले आफूहरुले कैद मिनाहाका लागि सडक र सदनमा पनि जोडदार माग गरेको र राष्ट्रपतिलाई समेत गएर भेटेको कुरा स्मरण गरे ।

उनले सरकारले यस त्रुटीबाट पाठ सिकेर आगामी दिनमा विधिको शासनको महशुस गर्नुपर्ने बताए । उनले भने, ‘सर्वोच्च अदालतको यो फैसलालाई स्वागत गर्न चाहन्छौँ । सबैभन्दा जोडदार सडक, सदन,  प्रक्रिया र राष्ट्रपतिलाई अपील पनि गरेको विषय भएको हुनाले हामी यो फैसलाको स्वागत गर्न चाहन्छौँ ।’

उनले संसदको चालु अधिवेशनमा जनअपेक्षा अनुरुप संसदले काम गर्न नसकेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved