काठमाडौं। एसियाली रग्बी सेभेन्स प्रतियोगितामा सहभागी हुन राष्ट्रिय पुरुष टोली कतार उडेको छ । बुधबार १२ खेलाडीसहित १५ सदस्यीय टोली कतार उडेको हो ।
खेलाडीहरुमा विक्रम पुरी, यदु अधिकारी, नवीन गिरी, काल्भिन जोशी, नवीनबहादुर मगर, कपिल सापकोटा, पुजन फेवाली, रमितबहादुर मल, सुरोज राणा, सविन महत, मनोज मगर र महेश सुनार रहेका छन् । प्रशिक्षकमा श्रीलंकाली विजेलाथ सन मार्क विजेसिंघे, व्यवस्थापकमा टंकराज गिरी र फिजियोमा देवान थापा छन् ।
प्रतियोगितामा १५ राष्ट्रको सहभागिता रहेको नेपाल रग्बी संघका सचिव विजय मोक्तानले जानकारी दिए । नेपालले पहिलो खेल शुक्रबार पाकिस्तानसँग खेल्ने छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर पौडेल र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
Facebook Comment
Comment