प्रधानमन्त्रीको दाबी- टीआरसीमा दलहरूबीच सहमतिको सम्भावना बढ्यो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्याय सम्बन्धी मुद्दामा दलहरुबीच सहमतिको सम्भावना बढेको दाबी गरेका छन् ।

नेपालभ्युज

प्रधानमन्त्रीको दाबी- टीआरसीमा दलहरूबीच सहमतिको सम्भावना बढ्यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्याय सम्बन्धी मुद्दामा दलहरुबीच सहमतिको सम्भावना बढेको दाबी गरेका छन् ।

नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले दलहरुबीच सहमतिको सम्भावना बढ्दै गएको दाबी गरेका हुन् ।

आज बिहानको मिटिङ दलहरुलाई एकैठाउँ ल्याउने विषयमा सकारात्मक भएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘पछिल्लो समय पार्टीहरूको बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको महसुस गरेको छु।’

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग आफ्नो सम्बन्ध सुध्रिएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved