अन्नपूर्ण बेसक्याम्पमा गुटेरेसको सुरक्षार्थ खटिएका प्रहरीको लेक लागेर मृत्यु

नेपालभ्युज

अन्नपूर्ण बेसक्याम्पमा गुटेरेसको सुरक्षार्थ खटिएका प्रहरीको लेक लागेर मृत्यु

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका एक प्रहरीको लेक लागेर मृत्यु भएको छ ।

अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको हो ।

उनी गुटेरेसको सुरक्षाका लागि कात्तिक १२ गते अन्नपूर्ण आधार शिविर पुगेका थिए ।

अन्नपूर्ण आधार शिविरबाट मंगलबार फर्किएका असई ढुंगाना माछापुच्छ्रे गाउँपालिका– ११ का वडाध्यक्षको घरमा बसेका थिए । बुधबार बिहान श्वासप्रस्वासमा समस्या आएपछि हेलिकप्टरमार्फत पोखरा ल्याइएको उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved