काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०५ पैसा र बिक्री दर १६२ रुपैयाँ ७८ पैसा पुगेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ बढेको छ ।
मंगलबार पाउण्ड १६१ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । मंगलबारको तुलनामा युरोको भाउ बढेर आएको छ । मंगलबार युरो १४० रुपैयाँ ५८ पैसा र बिक्री दर १४१ रुपैयाँ २१ पैसामा कारोबार भएको थियो ।
आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा तथा अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ६२ पैसा र बिक्री दर ८५ रहेको राष्ट्र बैंकले जनाएको छ ।
Facebook Comment
Comment