भारती मानन्धरको मुद्दा हेर्दाहेर्दैमा, भोलि नियमित सुनुवाइ

नेपालभ्युज

भारती मानन्धरको मुद्दा हेर्दाहेर्दैमा, भोलि नियमित सुनुवाइ

काठमाडौं । श्रीमान चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सरकारले आममाफी दिएकोविरुद्ध श्रीमती भारती मानन्धरले दायर गरेको रिटको सुनुवाइ हेर्दा हेर्दैमा रोकिएको छ ।

न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासमा भइरहेको सुनुवाइ भोलि फेरि नियमित हुने जनाइएको छ ।

यसअघि असोज २५ गते तोकिएको पेशी हेर्न नमिल्ने भएर सरेको थियो ।

रिगललाई दिएको आममाफी फिर्ता गरी फेरि जेल हाल्नुपर्ने भारतीको माग छ । उनी रिगललाई आममाफी दिएकोविरुद्ध अनशन पनि बसिरहेकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved