निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी लुम्बिनी पुगे गुटेरेस

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् ।

नेपालभ्युज

निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी लुम्बिनी पुगे गुटेरेस

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् । उनी निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी लुम्बिनी पुगेका हुन् ।

गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका छन् ।

गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि लुम्बिनी पुगेका छन् ।

मंगलबार बिहान पोखराबाट अन्नपूर्ण बेसक्याम्पस पुगेर गेटेर लुम्बिनी गएका हुन् । लुम्बिनीबाट काठमाडौं फर्केपछि उनले संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved