संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने

नेपालभ्युज

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा  नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले  सम्बोधन गर्दैछन्। आज संसद भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ।

सम्बोधन प्रयोजनका लागि राष्ट्रियसभाका अध्यक्षसँग परामर्श गरी सभामुख देवराज घिमिरेले बैठक बोलाएका हुन् ।

संसद सचिवालयले दुवै संसदका सदस्यहरूको उपस्थितिका लागि सूचना समेत जारी गरेको छ । बैठकमा राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ ।

गुटेरेसको सम्बोधनलगत्तै सोही बैठकले उनलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved