इजरायलमा मारिएका थप दुई नेपाली विद्यार्थीको शव पहिचान

नेपालभ्युज

इजरायलमा मारिएका थप दुई नेपाली विद्यार्थीको शव पहिचान

काठमाडौं । इजरायलमा हमासले गरेको आक्रमणमा परि मृत्यु भएकामध्ये  थप दुई जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ ।

राजेशकुमार स्वर्णकार र अनन्द साहको शव पहिचान भएको तेल अबिबस्थित नेपाली राजदूताबासले सोमबार साँझ विज्ञप्तिमार्फत जनाएको छ ।

‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ, दूताबासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।’

यससँगै सो घटनामा मारिएका सबैको शव पहिचान भएको छ  । दक्षिणी इजरायलमा ७ अक्टोबरमा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved