दुर्गा प्रसाईंलाई ओलीको जवाफ- कम्बोडियामा ३० अर्ब राखेको पुष्टि गर्नुस्, एक हजार रुपैयाँ थपेर दिन्छु

नेपालभ्युज

दुर्गा प्रसाईंलाई ओलीको जवाफ- कम्बोडियामा ३० अर्ब राखेको पुष्टि गर्नुस्, एक हजार रुपैयाँ थपेर दिन्छु
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी दुर्गा प्रसाईंलाई आफूले कम्बोडियामा ३० अर्ब लगानी गरेको पुष्टि गर्न चुनौती दिएका छन् । उनले उक्त आरोप पुष्टि गरे एक हजार रुपैयाँ थपेर दिनेसमेत बताएका छन् ।

सोमबार पोखरामा पार्टीको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई बदनाम र कमजोर पार्न आफूमाथि यस्ता आरोपहरु आइरहने पनि बताए ।

‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने विजनेस दिन्छु,’ ओलीले भने, ‘देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु।’

व्यवसायी दुर्गा प्रसाइले केही दिनअघि ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको बताएका थिए।

अध्यक्ष ओलीले आफू र श्रीमतीका नाममा भएका सबै सम्पत्ति दान गरिसकेको र अर्काका लागि भ्रष्टाचार नगर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved