भारतसँग हारेपछि इङ्ग्ल्याण्ड विश्वकपको लिग चरणबाटै बाहिर

नेपालभ्युज

भारतसँग हारेपछि इङ्ग्ल्याण्ड विश्वकपको लिग चरणबाटै बाहिर

काठमाडौं । आइसिसी विश्वकप २०२३ मा साविक विजेता इंग्ल्यान्ड घरेलु टोली भारतसँग १ सय रनको फराकिलो अन्तरले पराजित भएको छ ।

यो पराजयसँगै इङ्ग्ल्याण्ड लिग चरणबाटै बाहिरिने पक्कापक्की भएको छ, यद्यपि यसका लागि उसले केही औपचारिकता कुर्नुपर्ने छ ।

अब अष्ट्रेलिया, नेदरल्यान्ड्स र पाकिस्तानसँग खेल्न बाँकी रहेको इंग्ल्यान्डले सबै खेल जित्दा पनि ८ अंक जोड्न सक्नेछ जुन अन्तिम चारमा रहेर सेमिफाइनलमा पुग्न पर्याप्त हुँदैन ।

जितसँगै भारत ६ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा पुगेको छ । इङल्याण्ड भने २ अंकसहित अन्तिम स्थानमा छ ।

२ सय ३० रनको मध्यम लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड ३४.५ ओभरमा १२९ रनमै अल आउट भयो ।

इंग्ल्यान्डका लियाम लिभिङस्टोनले सर्वाधिक २७ रन जोडे । भारतका लागि जसप्रित बुमराहले ३, कुलदीप यादवले २ र रवीन्द्र जडेजाले एक-एक विकेट लिए ।

लखनऊमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २९ रन जोडेको थियो। कप्तान रोहित शर्माले सर्वाधिक ८७ रन बनाए ।

इंग्ल्यान्डका डेभिड विल्लीले ३ तथा आदिल राशिदले २ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved