यस्तो छ गुटेरेसको सम्पूर्ण भ्रमण तालिका (सूचीसहित)

नेपालभ्युज

यस्तो छ गुटेरेसको सम्पूर्ण भ्रमण तालिका (सूचीसहित)

काठमाडौं । नेपालको चारदिने भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको समय तालिका निकै व्यस्त छ।

शनिबार राति काठमाडौं अवतरण गरेका गुटेरेस आइतबार दिनभर भेटघाटमा व्यस्त भए ।

उनले आइतबार नै राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानमन्त्री, कांग्रेस सभापति र एमाले अध्यक्षसँग भेटवार्ता गरेका छन् ।

उनले यो भ्रमणका क्रममा पाटन दरवार स्क्वाएरदेखि पोखरा, लुम्बिनी र अन्नपूर्ण बेसक्याम्पसमेत घुम्ने कार्यक्रम छ ।

हेर्नुहोस् उनको सम्पूर्ण भ्रमण तालिका–

सोमबार, कात्तिक १३ गते , २०८०
६ः०० होटलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लागि प्रस्थान
६ः३० नेपाल आर्मीको हेलिकप्टरमार्फत एभरेष्ट क्षेत्रको लागि प्रस्थान मौसमको अवस्थामा निर्भर
७ः३० होटल एभरेष्ट भ्यू अवतरण
         ब्रेकफास्ट
         संयुक्त राष्ट्रका महासचिवले सर्वसाधारणसँग जलवायू परिवर्तनले दैनिक जीवनमा पुर्याएको असरबारेमा अन्तरक्रिया गर्ने 
८ः४५ एभरेष्ट क्षेत्रबाट काठमाडौंको लागि प्रस्थान
९ः४५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
१०ः१५ होटल आइपुग्ने
११ः४५ संयुक्त राष्ट्रसंघ भवन, पुल्चोकको लागि होटलबाट प्रस्थान
१२ः०० संयुक्त राष्ट्रसंघ भवन पुग्ने, नेपालको राष्ट्रसंघ टोलीसँग छलफल
१ बजे संयुक्त राष्ट्रसंघ भवनबाट विमानस्थलको लागि प्रस्थान
१ः१५ विमानस्थल पुग्ने
१ः२० पोखराको लागि प्रस्थान
१ः५० पोखरा विमानस्थलको अवरतण
१ः५५ होटल फिसटेल, लेक साइडको लागि प्रस्थान
२ः०५ होटल पुग्ने,
        एकान्तको समय
        होटलमा शान्तरुपी डिनर
मंगलबार, कात्तिक १४, २०८०
६ः२० होटलबाट विमानस्थलतर्फ
६ः३० विमानस्थल पुग्ने
         अन्नपूर्ण बेस क्याम्पतर्फ प्रस्थान
६ः५० अन्नपूर्ण बेस क्याम्प पुग्ने
          संयुक्त राष्ट्रका महासचिवले सर्वसाधारणसँग जलवायू परिवर्तनले दैनिक जीव्नमा पुर्याएको असरबारेमा अन्तरक्रिया गर्ने
७ः३० अन्नपूर्ण बेस क्याम्पबाट पोखरा विमानस्थलतर्फ प्रस्थान
७ः५० पोखरा विमानस्थल अवतरण
पोखरा विमानस्थल पत्रकारसँग अन्तरक्रिया हुन सक्ने
८ः१५ भैरहवाको लागि विमानस्थलबाट प्रस्थान
८ः३५ हेलिकप्टरबाट लुम्बिनी प्रस्थान
९ः०० लुम्बिनी अवतरण
         संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री, लुम्बिनी प्रदेशका मुख्य मन्त्री, लुम्बिनी विकास कोषका उपाध्यक्ष, र नेपाल सरकारका उच्च पदस्तरीय अधिकारीसँग लुम्बिनीमा
         –माया देवी मन्दिर अवलोकन
         –घ्यू बत्ती बाल्ने
         –अतिथि किताब हस्ताक्षर
          –वृक्षारोपण
          –लुम्बिनी विकासको मास्टर प्लानबारे लुम्बिनी विकास कोषको छोटो प्रिजेन्टेसन
महासचिवले मिडियासँग अन्तरक्रिया र शान्तीको सन्देश दिने
१०ः३० भैरहवा विमानस्थलको लागि प्रस्थान
१०ः४० भैरहवा विमानस्थल अवतरण
१०ः५० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लागि प्रस्थान
११ः२५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
११ः३५ होटल जाने
११ः५५ होटल पुग्ने
          एकान्त समय
          होटलमा खाना
३ः४० संघीय संसदको लागि होटलबाट निस्कने
३ः५५ संघीय संसद पुग्ने
४ः०० संसदलाई सम्बोधन
४ः३५ संसदबाट होटलको लागि निस्कने
५ः०० होटल पुग्ने
         एकान्तको समय
         होटलमा डिनर
बुधबार, कात्तिक १५, २०८०
९ः०० प्रस्थानअगाडि होटलमा पत्रकार सम्मेलनको सम्भावना
९ः३० होटलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ
९ः५० विमानस्थलको भीभीआईपी कक्ष पुग्ने
         प्रस्थान कार्यक्रम
         उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले बिदाईं गर्ने
१०ः३० क्यूआर६५३ विमानामार्फत काठमाडौंबाट प्रस्थान

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved