बजारमा दशैँको चहलपहल बढे पनि व्यापार कम, खसीबोकामा पनि आर्थिक मन्दीको असर

चाडबाडसँगै बजारमा चहलपहल बढेपछि मुख्य व्यापारिक केन्द्र मानिने न्युरोड, असन, भोटाहिटीलगायत क्षेत्रमा भीड छ।

नेपालभ्युज

बजारमा दशैँको चहलपहल बढे पनि व्यापार कम, खसीबोकामा पनि आर्थिक मन्दीको असर

काठमाडौं। चाडबाडसँगै बजारमा चहलपहल बढेपछि मुख्य व्यापारिक केन्द्र मानिने न्युरोड, असन, भोटाहिटीलगायत क्षेत्रमा भीड छ। यही बेला खाद्यवस्तु मात्रै नभई लत्ताकपडा, जुत्ता, विलासिताका सामानको भाउ पनि बढेको छ।

बजारमा भीड बढे पनि बजारमा फोहोरको जस्तो किनमेल छैन।

सामान बिक्री नभएपछि व्यवसायी चिन्तामा छन्। खसीबोकामा पनि आर्थिक मन्दीको असर छ। यसको एक मात्र कारक आर्थिक मन्दी रहेको जानकारको भनाइ छ ।

कोभिड आएसँगै बजार सुस्त भएको व्यापार अझै माथि उठ्न सकेको छैन।

यस पटक धेरै सटर बन्द भएका छन् । पछिल्लो समय मन्दीको असर खसी बोका र च्याङ्ग्रा बजारमा समेत परेको बताइन्छ।

खाद्यले असोज ३० देखि खसी बोका र च्याङ्ग्रा बिक्री सुरु गरेको छ। विगतमा जसरी खसी बोका र च्याङ्ग्रा किन्नमा सर्वसाधारणको भीड छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved