विश्वकप क्रिकेटः अष्ट्रेलियाले दियो पाकिस्तानलाई ३६८ रनको लक्ष्य, वार्नर र मार्शको शतक

नेपालभ्युज

विश्वकप क्रिकेटः अष्ट्रेलियाले दियो पाकिस्तानलाई ३६८ रनको लक्ष्य, वार्नर र मार्शको शतक

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले पाकिस्तानलाई ३६८ रनको लक्ष्य दिएको छ।

भारतको बैंगलोरमा जारी खेलमा अष्ट्रेलियाले पुरै ओभर खेलेर ९ विकेटको क्षतिमा ३६७ रन बनाएको हो। अष्ट्रेलियाको लागि डेभिड वार्नर र मिचेल मार्शले शतकीय पारी खेले।

वार्नरले १२४ बलमा १४ चौका र ९ छक्का प्रहार गर्दै १६३ रन बनाए। मिचेलले भने १०८ बलमा १० चौका र ९ छक्का प्रहार गर्दै १२१ रन बनाए।

पाकिस्तानको लागि भने शाहिन शाह अफ्रिदीले ५ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved