वास्तुशास्त्र अनुसार भान्छामा जहिले पनि हुनुपर्ने चीज

नेपालभ्युज

वास्तुशास्त्र अनुसार भान्छामा जहिले पनि हुनुपर्ने चीज

एजेन्सी । यदि घरमा नुन सकिन लागेको छ भने त्यसलाई भोलि ल्याउँछु भनेर नछोड्नुस्, तुरुन्तै ल्याउनुहोस् ।

वास्तुशास्त्रका अनुसार नुन सकिए घरमा नकारात्मकता आउँछ र वास्तु दोष हुन्छ । घरका नारीमा नराम्रो असर पर्छ र लक्ष्मीको कृपा नरहने वास्तुमा उल्लेख छ ।

बेसारले खानाको स्वाद मात्र बढाउँदैन यो स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । बेसार घरको भान्छामा सधैं राख्नुपर्छ । बेसार सकिनु अघि नै नयाँ प्याकेट ल्याउनुहोस् । यदि बेसार सकिएमा यसको प्रभाव बच्चाहरुको पढाइमा देखिन्छ र घरको शुभ कार्यमा बाधा आउने वास्तुशास्त्रमा उल्लेख छ ।

वास्तुशास्त्रका अनुसार घरबाट पिठो कहिल्यै पनि पूरै सकिन दिनु हुँदैन । पिठो समाप्त हुनु अघि नयाँ पिठोको व्यवस्था गरिहाल्नुस्, अन्यथा घरमा गरिबी आउँछ र यसको अशुभ प्रभावले मानसम्मानमा प्रभाव पार्ने वास्तुमा उल्लेख छ ।

यदि तपाईं धार्मिक हुनुहुन्छ भने पूजाआजा पनि निकै गर्नुहुन्छ होला । पूजामा प्रायः अक्षताको प्रयोग गरिन्छ, यसलाई अति पवित्र मानिन्छ । त्यसैले चामल पनि पूर्ण रुपमा नसकियोस् भनेर ध्यान दिनुहोला । चामल सकिनुलाई शुक्र दोष निम्त्याएको मानिन्छ । चामल सकियो भने घरको शोभा नै समाप्त हुने वास्तुशास्त्रमा उल्लेख छ । घरमा सधैं चामल रहेमा लक्ष्मीको कृपा रहने र घर धनधान्यले भरिने पनि वास्तुमा उल्लेख छ ।

यी सबै त वास्तुशास्त्रमा भनिएका कुरा हुन् । यो एउटा शास्त्र हो यदि यो शास्त्रलाई मान्नुहुन्छ भने तपाई पनि यस्ता नियमको पालना गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved