पार्टी भित्र आफूलाई केही देखाउनका लागि अराजकता बढेको छ, अनुशासित बनौं : ‌ओली

नेपालभ्युज

पार्टी भित्र आफूलाई केही देखाउनका लागि अराजकता बढेको छ, अनुशासित बनौं : ‌ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता, कार्यकर्तालाई अनुशासित हुन निर्देशन दिएका छन् ।

पार्टी निकट नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनले बुधबार काठमाडौंमा दशैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।

पार्टी सदस्यता लिएकै भोलीपल्ट माथिल्लो पदमा पुग्ने जस्ता उश्रृङ्खल, अराजक गतिविधि भईरहेको उल्लेख गर्दै उनले पार्टीका नेता, कार्यकर्ताले अनुशासन पालना गरेर अघि बढ्नुपर्ने बताए ।

उनले पार्टी भित्र आफूलाई केही देखाउनका लागि अनुशासनहिनताको सहारा लिने, उश्रृङ्खलताको सहारा लिने प्रवृत्ति बढिराखेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गरेर अघि बढने बताए। ओलीले देशमा, समाजमा अराजकता फैलिएकाले त्यसलाई नियन्त्रण गर्न र अनुशासनको पाठ सिकाउने काममा भुतपूर्व सैनिक तथा प्रहरीहरुको भूमिका महत्वपूर्ण हुने समेत बताए ।

अध्यक्ष ओलीले मुलुकमा समस्याहरु रहेकाले त्यसको समाधानका लागि एमाले क्रियाशील भईरहेको दाबी समेत गरे। एमालेले मुलुकको समस्या समाधानका लागि सिंगो शक्तिलाई परिचालन गरिरहेको उनको जिकिर थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved