इजरायलले गाजाको दक्षिण क्षेत्रमा गरेको आक्रणमा ४९ को मृत्यु

नेपालभ्युज

इजरायलले गाजाको दक्षिण क्षेत्रमा गरेको आक्रणमा ४९ को मृत्यु

काठमाडौं। गाजाको दक्षिण क्षेत्रमा भएको आक्रमणमा परी करिब ४९ मानिसले मृत्यु भएको छ। गत राति भएको आक्रमणमा परी करिब ४९ मानिस मारिएको प्यालेस्टिनी आन्तरिक मन्त्रालयले जनाएको हो। खान युनिसको घरहरूमा भएको हवाई आक्रमणमा परी २१ मानिस र इजिप्ट नजिकको क्षेत्र राफाहमा २८ मानिसले ज्यान गुमाए।

प्यालेस्टिनी विदेश मन्त्रालयका अनुसार घरमा भएको आक्रमणमा महिला र बालबालिका गरी २८ ले ज्यान गुमाएका छन्। प्यालेस्टिनी अधिकारीहरूका अनुसार इजरायलले हवाई आक्रमणमा गाजाको दक्षिण क्षेत्रको घरहरूलाई निशाना बनाएको थियो।

इजरायली सरकारको चेतावनीअनुरूप अत्यधिक गाजावासीहरूलाई उद्धार गरी दक्षिणी क्षेत्र खान युनिसमा लगिएको थियो। गाजामा सहयोग उपलब्ध गराउन रफाहबाट मानवीय कोरिडोरको निर्माण गर्न पहल भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved