आज र भोलि मध्य र पश्चिमी क्षेत्रमा पानी पर्ने सम्भावना

नेपालभ्युज

आज र भोलि मध्य र पश्चिमी क्षेत्रमा पानी पर्ने सम्भावना
फाइल तस्वीर

काठमाडौं । मनसुन बाहिरिएपनि पश्चिमी वायुको प्रभावका कारण आज सोमबार र भोलि पानी पर्ने सम्भावना छ ।

खासगरी पश्चिमी क्षेत्रमा आज र भोलि लगातारजसो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । पश्चिमी क्षेत्रको तुलनामा मध्य र पूर्वी क्षेत्रमा कम वर्षा हुने अनुमान छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आउँदो बुधवारदेखि हट्दै जाने र दशैँका मुख्य दिनमा मौसम सफा हुने मौसमविद्को अनुमान छ ।

अहिले देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । धेरै ठाउँमा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न थालेको मौसमविद्ले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved