किबुज आक्रमणका कमान्डर केद्रालाई मारेको इजरायलको दाबी

नेपालभ्युज

किबुज आक्रमणका कमान्डर केद्रालाई मारेको इजरायलको दाबी

काठमाडौं। इजरायलले गरेको हवाई आक्रमणमा परी दक्षिण गाजाको नुख्बा कमान्डर बिल्लाल अल केद्रा मारिएका छन्।

गाजामा आइतबार बिहान भएको निरन्तर हवाई आक्रमणमा कमान्डर केद्रालाई मारेको इजरायल रक्षा बल आईडीएफले जनाएको हो।

इजरायलका अनुसार गत शनिबार हमासले इजरायलको दक्षिण क्षेत्र किबुजमा गरेको आक्रमणको नेतृत्व कमान्डर केद्राले गरेका थिए।

प्यालेस्टिनी अतिवादी समूह हमासले गत शनिबार गरेको आक्रमण पश्चात् सुरु भएको इजरायल र हमासको तनाव बढ्ने क्रम जारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved