कोशीमा एमालेबाट रानासँगै कार्की र विद्रोही कांग्रेसबाट राई मन्त्री बन्दै, शपथको तयारी

विद्रोही कांग्रेसबाट शमसेर राईले पनि आजै मन्त्रीको शपथ ग्रहण गर्ने भएका छन् । यससँगै आज कोशीमा मुख्यमन्त्रीसहित चार मन्त्रीले शपथ लिने भएका छन् ।

नेपालभ्युज

कोशीमा एमालेबाट रानासँगै कार्की र विद्रोही कांग्रेसबाट राई मन्त्री बन्दै, शपथको तयारी

काठमाडौं । कोशीको केदार कार्की नेतृत्वको सरकारमा नेकपा एमालेबाट एकराज कार्की पनि मन्त्री हुने भएका छन् । एमालेले यसअघि नै राम रानालाई पनि सरकारमा पठाउने निर्णय गरिसकेको छ ।

त्यस्तै विद्रोही कांग्रेसबाट शमसेर राईले पनि आजै मन्त्रीको शपथ ग्रहण गर्ने भएका छन् । यससँगै आज कोशीमा मुख्यमन्त्रीसहित चार मन्त्रीले शपथ लिने भएका छन् ।

एमालेका ३९ सांसदसँगै नेपाली कांग्रेसको शेखर कोइराला पक्षका ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved