बागलुङमा आगलागीबाट एक जनाको मृत्यु

नेपालभ्युज

बागलुङमा आगलागीबाट एक जनाको मृत्यु

ढोरपाटन । बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ ।

गलकोट नगरपालिका-४ नुवाकोटस्थित रामबहादुर मल्लको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो । शुक्रबार राति १ बजे ढुङ्गामाटोले बनेको गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

मृतकको सनाखत हुन सकेको छैन ।

राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो ।  आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved