कोशी-किचलो

केदारलाई मुख्यमन्त्री नियुक्ति माग्दै ४७ सांसद प्रदेश प्रमुख कार्यालयमा, काठमाडौंमा कांग्रेस संस्थापन पक्षको बैठक

कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने उनीहरूको माग छ।

नेपालभ्युज

केदारलाई मुख्यमन्त्री नियुक्ति माग्दै ४७ सांसद प्रदेश प्रमुख कार्यालयमा, काठमाडौंमा कांग्रेस संस्थापन पक्षको बैठक

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेस (शेखर पक्षर) र नेकपा एमालेका सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेका ४७ सांसद प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालयमा पुगेका हुन् ।

कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने उनीहरूको माग छ।

प्रदेश प्रमुख खापुङ्गले संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्न दिएको समय अहिले पाँच बजे सकिएको छ ।

यता काठमाडौंमा नेपाली कांग्रेस संस्थापन पक्षको कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved