काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताइएको छ ।शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताएका हुन् ।
उनले अहिलेसम्म कुल उजुरी १३ हजार २८६ आयोगमा परेको पनि बताए । उनले आयोगले सिफारिस गरेको १४ सय ३३ मध्ये पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको पनि बताए । सिफारिस पूर्ण रुपमा कार्यान्वयन भएका १५.३० प्रतिशत रहेको रहेको र आंशिक रुपमा लागू भएका ३९.२ प्रतिशत साथै लागू नभएको ४५.५ प्रतिशत रहेको रहेको उनले बताए ।
‘हालसम्म कुल उजुरी १३ हजार २८६ आयोगमा आएका छन्, स्थापना कालदेखि । त्यसमा ८० प्रतिशत जति द्वन्द्वसँग नै सम्बन्धित रहेका छन्’, उनले भने, ‘हालसम्म कुल निर्णय भएको ९ हजार १३६ निवेदनहरु राष्ट्रिय मानव अधिकार आयोगमा आएका थिए, यसमा निर्णय भइसकेको छ ।’
उनले पूर्ण रुपमा कार्यान्वयन भएका सिफारिस १५ दशमलव ३० प्रतिशत भएको बताए । उनका अनुसार, आंशिक रुपमा लागू भएका ३९.२ प्रतिशत छ, लागू नभएको ४५.५ प्रतिशत रहेको छ । आयोगमा जोडिएपछि ९२९ थान निवेदन फस्र्यौट भएका छन् ।
त्यसमध्ये आयोगले २१८ सिफारिस गरेको छ । मुद्दा समाधान हुन बाँकी ४ हजार १५० थान बाँकी छन्, त्यसमध्ये छानबिन भइ निर्णय हुन बाँकी १४ सय ६२ छन् । २६ सय ८८ निवेदन अनुसन्धानका क्रममा छन् ।
Facebook Comment
Comment