विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाले दियो अष्ट्रेलियालाई ३१२ रनको लक्ष्य, क्विन्टन डेको शतक

नेपालभ्युज

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाले दियो अष्ट्रेलियालाई ३१२ रनको लक्ष्य, क्विन्टन डेको शतक
तस्वीर स्रोतः क्रिकइन्फो

काठमाडौं। विश्वकप एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई ३१२ रनको लक्ष्य दिएको छ।

भारतको लखनउमा जारी खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै ओभर खेलेर ७ विकेटको क्षतिमा ३११ रन बनाएको हो।

दक्षिण अफ्रिकाको लागि क्विन्टन डे ककले शतकीय पारी खेले। उनले १०६ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै शतक प्रहार गरे। एडेन मार्करामले ५२ रन जोडे।

अष्ट्रेलियाको लागि मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved