गाजाका अस्पतालमा केही घण्टामै इन्धन सकिँदै

नेपालभ्युज

गाजाका अस्पतालमा केही घण्टामै इन्धन सकिँदै
तस्वीर स्रोतः आईसीआरसी फेसबुक

काठमाडौं। रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले गाजापट्टीको अस्पतालहरूमा केही घण्टामा इन्धन अभाव हुने सक्ने चेतावनी दिएको छ।

बीबीसीका अनुसार आईसीआरसीले अबको केही घण्टामा इन्धन अभावका कारण जेनेरेटर सञ्चालन प्रभावित हुने बताएको छ। निकट र मध्य पूर्वका लागि आइसीआरसीका क्षेत्रीय निर्देशक फेब्रिजियो कार्बोनीले भने,‘हाम्रो बुझाइमा जेनेरेटर संचालनको लागि इन्धन बाँकी छ। तर, सम्भवतः केही घण्टाको लागि मात्र।’

इजरायलले प्यालेस्टिनी अतिवादी समूह हमासले १ सय ५० बन्धक रिहा नगरेसम्म गाजामा जारी नाकाबन्दी नफुकाउने ऊर्जामन्त्री इजरायल काट्जले प्रतिक्रिया दिएका थिए।

हमासले शनिबार बिहान आक्रमण गरेपश्चात् इजरायलले पानी, विद्युत् र इन्धनमा रोक लगाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved