कोशीमा शेखर समूहका नौ सांसदले आङ्बोलाई भोट नहाल्ने, एमालेसँग मिल्ने सम्भावना प्रबल

‘ह्वीप नलाग्ने भएपछि शेखर पक्षका सांसदलाई सजिलो’

धारा १६८ (५) अनुसार सरकार गठन हुँदा सांसदहरूलाई दलको ह्वीप लाग्दैन।

नेपालभ्युज

कोशीमा शेखर समूहका नौ सांसदले आङ्बोलाई भोट नहाल्ने, एमालेसँग मिल्ने सम्भावना प्रबल

काठमाडौं । सत्तागठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका इन्द्रबहादुर आङ्बोलाई उम्मेदवार बनाउने सहमति गरेको छ ।

तर, नेपाली कांग्रेसबाट चुनाव जितेका शेखर कोइराला समूहका सांसदहरुले भने गठबन्धनको उक्त निर्णय नमान्ने बताएका छन् ।

शेखर कोइराला समूहका ९ जना सांसदहरूले मुख्यमन्त्रीमा आङ्बोलाई भोट दिन नसकिने बताएका हुन् ।

उनीहरुले आफ्नो लाइनका साटो केदार कार्की मुख्यमन्त्रीको उम्मेदवार बनाउनुपर्ने बताउँदै आएका थिए । उनीहरु एमालेसँग मिल्ने सम्भावना बढेको छ ।

कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका छन्।

धारा १६८ (५) अनुसार सरकार गठन हुँदा सांसदहरूलाई दलको ह्वीप लाग्दैन।

पछिल्लो समय शेखर कोइरालाले एमाले अध्यक्ष ओलीसँग निरन्तर संवाद गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved