इजरायलमा मारिएका नेपालीको शव ल्याउन परराष्ट्र मन्त्रालयले पहल गर्ने

नेपालभ्युज

इजरायलमा मारिएका नेपालीको शव ल्याउन परराष्ट्र मन्त्रालयले पहल गर्ने

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन पहल गर्ने भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शव छिटोभन्दा छिटो स्वदेश ल्याउन पहल गर्ने निर्णय गरेको हो ।

शव नेपाल ल्याउनका लागि इजरायली पक्षसँग समन्वय गर्ने निर्णय बैठकले गरेको हो । बैठकले इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय पनि गरिएको छ ।

नेपाल सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved