घण्टौं लाइन बस्दा पनि दशैंमा घर जाने टिकट पाउन सकस (तस्वीरहरू)

बिहान झिसमिसेदेखि नै लाइन बस्दा पनि टिकट पाउन सकस भएको यात्रुहरुले बताएका छन् । पाँच घण्टादेखि लाइन लाग्दा पनि चाहे जति टिकट नपाएको यात्रुहरुको गुनासो छ ।

घण्टौं लाइन बस्दा पनि दशैंमा घर जाने टिकट पाउन सकस (तस्वीरहरू)

काठमाडौं । सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ ।

बिहान झिसमिसेदेखि नै लाइन बस्दा पनि टिकट पाउन सकस भएको यात्रुहरुले बताएका छन् । पाँच घण्टादेखि लाइन लाग्दा पनि चाहे जति टिकट नपाएको यात्रुहरुको गुनासो छ । काउन्टरले टाढाको दूरीका लागि एक जनालाई बढीमा चारवटा मात्रै टिकट दिएको छ ।

अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।

सरकारले अनलाइनमार्फत टिकट काट्ने व्यवस्था मिलाइदिएको भए घरमै बसेर टिकट काट्न सजिलो हुने यात्रुहरुको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला भने यसपालिको दशैंमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गर्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved