इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारसँग कांग्रेसको माग

नेपालभ्युज

इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं । सत्ताको प्रमुख घटक नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार वक्तव्य जारी गर्दै इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारसँग माग गरेका हुन्

सभापति देउवाले केही नेपाली घाइते भएको र केही बन्धक बनाएको भन्दै इजरायलमा रहेका नेपालीलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउन पनि माग गरेका छन् ।

‘आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्ब कूटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ’, उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved