संसदमा रघुजी पन्तको व्यङ्ग्य कविता- गोलभेँडाले आँखा तर्छ, दशैं कसरी टर्छ ?

नेपालभ्युज

संसदमा रघुजी पन्तको व्यङ्ग्य कविता- गोलभेँडाले आँखा तर्छ, दशैं कसरी टर्छ ?
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले चाडपर्व नजिकिएसँगै बजारमा बढ्दो महंगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यसपालिको दशैँ मनाउछन् ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद पन्तले कवितात्मक शैलीमार्फत सरकारलाई प्रश्न गरेका हुन् ।

उनले चाडपर्व नजिएसँगै जनताले दशैँ मनाउन नसक्ने गरी महंगी बढ्दा पनि सरकारको ध्यान नगएको भन्दै महंगी नियन्त्रण गर्न माग गरे । बजारमा एक बोरा चामललाई ३ हजार र दाल किलोको २५० रुपैयाँ पुगेको भन्दै सरकारले दशैं पेस्कीको रुपमा जनतालाई महँगी दिएको उनको भनाइ थियो ।

‘खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको २५०, बजार भाउ सुन्दा गुम्छ होस् हवास्, तरकारीले भाउ नै नसोध भनेझैँ गर्छ, गोलभेडाले के किन्लास् भनेर आँखा तर्छ ,दशैँ पेस्की आउने कहिले कहिले पेस्कीमा महंगी आयो’, उनले भने, ‘जवाफ देऊ सरकार जनताको दशैं यसपालि कसरी टर्छ ।’

त्यस्तै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दशैँमा गाउँघरमा जाने विद्यार्थीहरुको लागि सरकारी र संस्थानका सवारीहरुको प्रयोग गर्ने गरी प्रवन्ध मिलाउन सरकारसँग माग गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved